काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन राजी भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको उपस्थितिमा भएको छलफलमा नाउपा प्रदेश सरकारमा सहभागी हुन तयार भएको हो।
नाउपाले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन न्यूनतम २ वटा मन्त्रालयको नेतृत्व दिइनुपर्ने बताउँदै आएको थियो। यद्यपि १ मन्त्री, २ मन्त्री र २ वटा प्रदेश सभा समितिको सभापति पाउने गरी नाउपा सरकारमा जान तयार भएको हो।
नाउपाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। यस्तै, प्रदेश सभाका २ वटा समितिको सभापति पाउने सहमति भएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेश शाहीले जानकारी दिए।