• फाल्गुन २६ २०८२, मंगलवार

अमेरिकामा फेरि बढ्यो कोरोना संक्रमण

श्रावण १६ २०८०, मंगलवार

वासिङ्टन डिसी– अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) ले फेरि चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले अमेरिकामा कोभिड– १९ का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको जनाएको छ ।

तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो ।

जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्यांकले देखाएको छ । गत हप्ता यो संख्या ६ हजार ४४४ थियो। जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको संख्या पनि बढिरहेको छ ।

जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो संख्या ०.४९ प्रतिशत थियो। एटलान्टामा सीडीसीका कोविड घटना प्रबन्धक डा. ब्रेन्डन ज्याक्सनले एनपीआरलाई दिएको जानकारी अनुसार लगभग छ सात महिनाको निरन्तर गिरावट पछि फेरि वृद्धि देखिएको छ ।