• बैशाख २२ २०८३, मंगलवार

आज एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

श्रावण १५ २०८०, सोमबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति र स्थान तय गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो ।

समाजवादीले यही साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्यूरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बस्ने तय गरेको थियो तर प्राविधिक कारण जनाउँदै ती बैठक स्थगित गरेको छ ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा छ ।

बैठकमा जनसङ्गठन युवा र विद्यार्थी विभागका काम व्यवस्थापनका लागि कार्य योजना पारित गरिने छ ।