• बैशाख २२ २०८३, मंगलवार

गिरीको निधनको उचित छानबिन हुनुपर्छ : नेता पाण्डे

श्रावण १४ २०८०, आईतवार

स्याङ्जा । कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले कांग्रेसका नेता शिवकुमार गिरीको निधनको वास्तविकता पत्ता लगाउनुपर्ने बताएका छन् ।

कांग्रेस स्याङ्जाले आइतबार पार्टी मुख्यालयमा आयोजना शिवकुमार गिरीको ४५औं पुण्य तिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै मुख्यमन्त्री समेत रहेका पाण्डेले दुर्घटना हो या षडयन्त्र हो यसको गहिराइसम्म पुगेर अनुसन्धान हुनुपर्ने बताएका हुन् । ‘विकासप्रेमी र खरो स्वाभावका गिरी नेपाली कांग्रेस पार्टीप्रति बफादार थिए ।

उनी तल्लो स्तरदेखि मल्याङ्कोट गाविस अध्यक्षदेखि चापाकोट नगरप्रमुखसम्मको जिम्मेवारी सम्हाल्दै विकास निर्माणमा धेरै योगदान पुर्‍याए ।’ मुख्यमन्त्री पाण्डेले भने, ‘नेपाल विद्यार्थी संघ, तरुण दल हुँदै महासमिति सदस्य र सभापति पदका दावेदारसम्म बनेर सिंगो पार्टीको संगठनलाई बलियो बनाए ।’

उनले गिरीका अधुरा आयोजना तथा योजना क्रमशः पूरा गर्दै लैजाने बताए। तरुण दलमा बसेर सँगै काम गरेको समेत उनले स्मरण गरे । पाण्डेले आफ्ना सहपाठी मित्र गिरीको निधनले अपूरणीय क्षति पुगेको जनाउँदै परिवार र पार्टीसँग सरोकार राख्ने कोही पनि विचलित नहुन सुझाव दिए ।