• जेष्ठ २८ २०८२, मंगलवार

बोले बाबुराम,‘सहमति हुँदैन भने बरु मध्याअवधिमै जानु उपयुक्त होला’

श्रावण १३ २०८०, शनिबार

काठमाडौँ  । कोशी प्रदेशमा सरकार बनाउनका लागि सत्ता गठबन्धनले राप्रपालाई फकाउन थालेपछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया दिएका छन् ।

उनले घोषित रुपमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता विरोधी र यो व्यवस्था उल्ट्याएर प्रतिक्रान्ति गनृ उद्यत शक्तिको पाउ परेर सरकार बनाउ मरिहत्ते गर्नुभन्दा यो संविधानका अन्तरवस्तु स्वीकार्ने शक्तिहरू मिलेर सरकार बनाउने नत्र मध्यावधिमा जाने विकल्प स्वीकार्नु उपयुक्त होइन र भन्दै प्रश्न गरेका छन् ।

उनले कोशी प्रदेशलाई १ नम्बर प्रदेशसमेत भनेका छन् । उनले यस्तै सत्ता लिप्साले गणतन्त्र कमजोर बन्ने र प्रतिक्रान्तिको आधार तय हुने बताएका छन् ।