• जेष्ठ २८ २०८२, मंगलवार

भाजपाको निमन्त्रणामा एक हप्ता दिल्ली भ्रमण गरेर फर्कियो माओवादी केन्द्रको टोली

श्रावण १३ २०८०, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली स्वदेश फर्केको छ । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा सात दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो ।

भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए ।

नयाँ दिल्ली भ्रमणमा भुषाल नेतृत्वको टोलीले भाजपा अध्यक्ष जगतप्रकाश नड्डा, केन्द्रिय मन्त्री स्मृति इरानीलगायतसँग पार्टी मुख्यालयमा भेटवार्ता गरेको थियो । दुई पार्टी बिच भाइचार सबन्ध बिस्तार गर्नका लागि भाजपाले माओवादी केन्द्रलाई निम्तो दिएको थियो ।