• जेष्ठ २८ २०८२, मंगलवार

राष्ट्रपतीले प्रमाणीकरण गरेको मिटरब्याज सम्बन्धी विधेयक मिटरब्याज पीडितहरूले नै जलाए

श्रावण १२ २०८०, शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेको मिटरब्याजसम्बन्धी विधेयक मिटरब्याजपीडितहरूले जलाएका छन् । शुक्रबार साँझ शान्ति बाटिकामा उनीहरूले उक्त विधेयक जलाएका हुन् ।

यसअघि संघीय संसदका दुवै सदनबाट पारित भएको उक्त विधेयक आज राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थिए । तर, उक्त विधेयक आफूहरूको पक्षमा नरहेको पीडितहरूको भनाइ छ ।

उनीहरूले प्रमाणीकरण भएको विधेयक सुदखोरहरूकै पक्षमा रहेको पनि जनाएका छन् । उनीहरूले ‘सुदखोर संरक्षक कानुन चाहिँदैन’, ‘मिटरब्याजी सरकार मुर्दावाद’, ‘गैरकानुनी छलफल बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।