काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो धातुसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
बिहीबार दिउँसो अवैधरूपमा भन्सार छलेर लैजान लागेको करिब ५८ ग्राम पहेँलो धातुको ब्रासलेटसहित ३० वर्षीय इमरान सिराज पक्राउ परेका हुन् ।
उनी दोहाबाट काठमाडौं झरेका थिए । उनलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।