काठमाडौँ। पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेको छ ।
मुस्लिम समुदायले मनाउने मोहरम पर्वलाई लक्षित गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सार्वजनिक स्थलहरुमा हातहतियार प्रदर्शन नगर्न सूचना जारी गरेका हुन् । उनले विभिन्न सम्प्रदायहरुले मनाउने पर्वहरुलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एंव सुरक्षित ढंगले मनाउन अनुरोध गरेका छन् ।
यो वर्ष मोहरम पर्व शनिवार पर्छ । विगत कही वर्षदेखि मुस्लिम समुदायले विभिन्न पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन गर्न थालेका छन् । तर हातहतियार प्रदर्शनको विरोध भएपछि प्रशासनले पहिले नै सचेत गराएको छ ।
यता, हिन्दूवादी संगठन राष्ट्रीय एकता अभियान र हिन्दू सम्राट सेनाले जनकपुरधामको मठ मन्दिर र बारहविघा मैदानमा मुस्लिम समुदायलाई प्रदर्शन गर्न नदिन प्रशासनसंग माग गरेका छन् ।