काठमाडौँ । कांग्रेस महामन्त्री तथा प्रतिनिधिसभा सांसाद गगन थापाले बिहीबार गएको मंसिरमा भएको आम चुनावको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचन आयोगमा आफूले चुनावमा गरेको खर्चको विवरण पेस गरेको प्रमाण सामाजिक सञ्जालबाट सार्वजनिक गरे ।
उनले आयोगमा गत मंसिर २५ गते नै खर्च विवरण बुझाए पनि सार्वजनिक नगरेकाले आयोगले उनलाई जरिवाना गराएको थियो । आयोगलाई बिहीबार १५ हजार जरिवाना तिरेपछि उनेल खर्च विवरण सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन् ।
उनले सार्वजनिक गरेको खर्चको विवरण अंक र अक्षरमा भने फरक देखिएको छ । उनले विभिन्न १० शिर्षकमा खर्च गरेका छन् । अंकमा उनले २३ लाख ४२ हजार ७ सय ६८ रुपैयाँ १० पैसा खर्च गरेको उल्लेख गरेका छन् । तर, अक्षरमा भने उनले तेइस लाख अड्चालिस हजार सात सय रुपैयाँ दश पैसा खर्च गरेका छन् । यसरी उनले अंक र अक्षरमा ६ हजारभन्दा धेरै रकम फरक पारेका छन् ।
आयोगले उनको निर्वाचन क्षेत्र काठमाडौं ४ मा उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकतम सीमा तोकेको थियो । थापाले सबैभन्दा धेरै छापाखाना खर्च शिर्षकमा १० लाख ७ हजार ७ सय १० पैसा खर्च भएको उल्लेख गरेका छन्