• जेष्ठ २८ २०८२, मंगलवार

राती कोठाबाट निस्केकी नन्दा खोला किनारमा मृत भेटिइन्

श्रावण ११ २०८०, बिहीबार

काठमाडौं । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा एक युवती मृत फेला परेकी छन् । आलिताल गाउँपालिका-७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद बिहीबार बिहान मृत फेला परेकी हुन् ।

दुर्गा माविमा १२ कक्षामा अध्ययनरत साउद घर नजिकैको पहिरोबाट झरेको अवस्थामा खोला किनारमा मृत फेला परेकी हुन् ।

उनी राति कोठाबाट बाहिर निस्केकी थिइन् । उनलाई अबेरसम्म खोज्दा पनि भेटाउन सकिएको थिएन । उनी घरबाट बेपत्ता भएपछि उनकी बहिनी अनिताले आमाबुबालाई दिदी कोठाबाट निस्केको भनेर खबर गरेकी थिइन् । घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने मृतक युवतीका परिवारले माग गरे ।