• जेष्ठ २८ २०८२, मंगलवार

कोशी प्रदेश सरकार गठन संवैधानिक की असंवैधानिक ? आज फैसला आउने

श्रावण ११ २०८०, बिहीबार

काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ ।

कोशी सरकार गठन असंवैधानिक भएको भन्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मङ्गलबारदेखि भइरहेको सुनुवाइ हिजो पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

संयुक्त इजलासमा हिजो अन्तिम बहस सकिए पनि फैसला लेखनका लागि अध्ययन गर्न समय अभाव भएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएकाले सम्भवतः आज फैसला आउने छ ।

कोशी सरकारको गठनमा प्रदेशसभाका सभामुखले हस्ताक्षर गर्नु संवैधानिक हो वा असंवैधानिक भन्ने विषयमा सर्वोच्चले निर्णय दिनेछ ।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।