काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ।
तत्कालीन मालपोत कार्यालयका कर्मचारी अरुणकुमार श्रेष्ठ आइतबार पक्राउ परेको प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।
उनलाई सीआईबीले जोरपाटीस्थित घरबाटै पक्राउ गरेको हो। सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत छुटेपछि अहिले १९ जना हिरासतमा छन्।
सचिव राउतलाई छाड्न शुक्रबार सर्वोच्चले आदेश दिएको थियो। तर हिरासत मुक्त गर्न माग गरेका भाटभटेनी सञ्चालक मिनबहादुर गुरुङसहित ३ जनाको रिट भने खारेज गरिदिएको थियो।