काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज पमि बस्ने भएको छ । गत मङ्गलवार देखी सुरु भएको बैठक आज पनि जारी रहने भएको हो ।
शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ ।
आज बाँकी केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने छन् । यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए ।