• बैशाख २२ २०८३, मंगलवार

यो बैठकले सभापति र महामन्त्रीबीच द्वन्द्व बढाउने काम गर्यो : केन्द्रीय सदस्य केसी

श्रावण ५ २०८०, शुक्रबार

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले जारी केन्द्रीय समिति बैठकले सन्देश राम्रो नदिएको बताएका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै केसीले सभापति र महामन्त्रीबीच द्वन्द्व बढाएको टिप्पणी गरे ।

‘यो बैठकको सन्देश राम्रो गएको छैन । सभापति र महामन्त्रीको द्वन्द्व बढाउने काम भयो ठीक ढंगले भएन,’ उनले भने, ‘सभापतिको नेतृत्वमा हिजो हामी जुन-जुन टिमबाट लडे पनि आजको बहसमा हेर्नुपर्दा महामन्त्री एउटा क्याम्पमा सभापति एउटा क्याम्पमा जस्तो देखिन्छ । यही हो ? हाम्रो एजेन्डा यही हो ?’

उनले सरकारबाट बाहिरिने र भित्रिने फ्याक्टर कुन हो भन्ने प्रश्नसमेत गरे । ‘सभापति बाहिरिने कांग्रेस भित्रिने, कुन फ्याक्टर हो जसले सभापतिलाई प्रधानमन्त्री बन्न दिएन । राष्ट्रपति र प्रदेशमा कांग्रेस भयो, भोलि प्रधानमन्त्री पनि यहीँ पार्टीबाट बन्ने अवस्था आउँछ ? यो कुरा कांग्रेसले सोच्ने कि नसोच्ने ?,’ उनको प्रश्न छ ।