काठमाडौँ । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ।अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता सीताराम रिजालले जानकारी दिए।
ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाका फोहोर विसर्जन हुन सकेको छैन।काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।
यसअघिको सम्झौता अक्षरशः कार्यान्वयन नभएको र फोहोरसँगै बस्न नसकिने भन्दै साउन १ गतेदेखि स्थानीयवासी आन्दोलित छन्। जसका कारण काठमाडौंको फोहोर विसर्जन हुन सकेको छैन।बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता पनि भएको थियो।