• जेष्ठ १० २०८३, आईतवार

जंगली च्याउँ खाँदा एकै घरका पाँच जना बिरामी

श्रावण ५ २०८०, शुक्रबार

बैतडी । जंगली च्याउँ खाँदा एकै घरका पाँच जना बिरामी परेका छन् । बैतडी जिल्लाको सुर्नया गाउँपालिका ३ तडीगाउँमा एकै घरका पाँच जना बिरामी परेका हुन् ।

बिरामी हुनेमा १२ वर्षीय भुवन, १० वर्षीया शारदा, ३८ वर्षिय टेकराज भट्ट, ३० वर्षिया धैली भट्ट र ८ वर्षीय डब्लु रहेका छन्। उनीहरूले बिहीबार दिउँसो जङ्गलबाट ल्याएको च्याउँ खाएका स्रोतले जनाएको छ । अहिले उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ । अवस्था सामान्य रहेको छ ।