• मंसिर १३ २०८१, बिहीबार

कपाल झर्न थाल्यो,यस्तो उपाय अपनाउनुहोस्

श्रावण ३ २०८०, बुधबार

कपाल झर्ने समस्या हरेकले भोगेको समस्या हो । कसैको सामान्य अवस्थामा कपाल झर्छ भने कतिको अस्वाभाविक रूपमा । कपाल झर्नुको पछाडि विभिन्न कारण हुन सक्छन् । बेलैमा कारण पत्ता लगाएर सावधानी अपनाउने हो भने यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

एक अनुसन्धान अनुसार बढीमात्रामा आधा उमेर बितेका पुरुषमा यो समस्या बढी देखिएको छ । कपाल झर्ने समस्यामा परेका धेरैजसो पुरुष तालुखुइले अवस्थामै पुग्ने गरेका छन् । तालु खुइलेपनले मनोवैज्ञानिकरुपमा हीनताबोध गराउनेगर्छ । चायाले पनि कपाल झर्ने समस्या बहुतै ल्याउँछ । भिटामिन ए, भिटामिन इ, भिटामिन के र आइरनको कमीले पनि कपाल झर्नसक्छ ।

कपाल बलियो बनाउन र झर्न नदिन सातामा दुईपटक कपालमा अमला, बदाम, जैतुन, नरिवल, तोरीको तेल लगाउनु उपयुक्त हुन्छ। नीम र बयरका पातलाई पानीमा पिसेर टाउकोमा लगाउनुहोस् । दुई घण्टापछि टाउको धुनुहोस्। एक महिनासम्म यसो गर्दा कपाल झर्न रोकिन्छ र नयाँ कपाल उम्रिन पनि सहयोग पुग्छ।

– कपाल झर्ने समस्याबाट बच्न नरिवलको तेलमा अलिकति मेथीको दाना हालेर पकाउनुहोस्। त्यसपछि यो तेललाई छानेर बोतलमा राख्नुहोस्। यो तेल नियमित प्रयोग गर्नुहोस्।
– कागतीको ताजा बोक्रालाई पानीमा हालेर उमाल्नुहोस्। बोक्रा पूरै नगलुञ्जेलसम्म उमाल्नुहोस्। पछि यो पानीलाई विस्तारै–विस्तारै टाउकोमा रगड्नुहोस्। यसबाट टाउकोको पूरै मैला निस्किन्छ तथा कपाल झर्नबाट रोकिन्छ।
– कपालमा अमलाको रसले मालिस गर्नुहोस्। खुइलिएको ठाउँमा नयाँ कपाल उम्रिन थाल्नेछ।
– कपाल अधिक झर्न थाल्यो भने अफिमलाई गाईको ताजा दूधमा मिसाएर पेस्ट बनाउनुहोस्। नुहाउनुभन्दा दुई घण्टा पहिले लगाउनुहोस्।
– लसुनको तेल लगाउनाले कपाल सुक्खा भएको समस्या हट्छ र कपाल झर्न रोकिन्छ।
– काउली र बन्दा नियमित खानाले कपाल झर्न कम हुन्छ।
– मासको दाललाई उमालेर सिलौटामा पिस्नुहोस्। त्यो लेप टाउकोमा लगाउनुहोस्।
– एक सय ग्राम निमको पातलाई एक लिटर पानीमा उमाल्नुहोस्। त्यो पानीले टाउको धुनुहोस्। टाउकोमा आएका फोका हट्नेछन्। साथै खुइलिएको भागमा कपाल उम्रिन थाल्नेछ। टाउको धोइसकेपछि निमको तेल लगाउनुहोस्।
– अनारको पात पिसेर टाउकोमा लेप गर्नाले खुइलिएको स्थानमा कपाल पलाउँछ।
– बन्दाको रसले यदि निरन्तर टाउको मालिस गर्नाले कपाल खुइलिने, कपाल टुक्रिने, कपाल झर्ने आदि समस्याबाट बच्न सकिन्छ।
– खुइलिएको ठाउँमा हरियो धनियाँको रस लगाउनाले कपाल उम्रिन थाल्छन्।
– टाउकोमा कतै कपालको गुच्छा नै उडेको छ भने त्यहाँ नियमित दुई महिनासम्म कागती रगड्नुहोस्। यसो गर्नाले कपाल उम्रिनेछन्।
– नरिवलको तेललाई पानीमा मिलाएर टाउकोमा लगाउनाले कपाल झर्न रोकिनेछ।
– केराको बोक्राको मालिसले कपाल झर्ने समस्या हट्छ।