तपाईंलाई डिप्रेशनले शिकार बनाएको हुन सक्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर डिप्रेशन अधिकांशमा हुने रोग हो । विश्वका करीब आधा जनसंख्या डिप्रेशनबाट प्रभावित भएको डब्ल्यूएचओको अनुमान छ ।
डिप्रेशन एक मानसिक स्वास्थ्य विकार हो । डिप्रेशनबाट ग्रस्त मानिसमा कुनै पनि कुराप्रति लगाव हुँदैन । उनीहरु प्रायः उदास देखिन्छन् । केही दिनको लागि मात्र नभई यो समस्याले मानिसलाई लामो समयसम्म असर पुर्याउन सक्छ ।
डिप्रेशन, तनाव जस्तो समस्याबाट छिटै बाहिर आउन सकिन्छ ।
१. दाँत माझ्नु
बिहान उठेर दाँत माझ्ने गर्नाले डिप्रेशनबाट गुज्रिरहेको व्यक्तिलाई राम्रो महसुस हुन सक्छ । कतिपयलाई यो सानो काम लाग्न सक्छ तर डिपे्रशनबाट ग्रसित व्यक्तिका लागि यो एकदमै आवश्यक हुन्छ । यसो गरेमा सकारात्मक सोंचको विकास हुन्छ ।
२. घामको किरण
डिप्रेशनसँग जुधिरहेका व्यक्तिहरुले बिहानीको शुरुआत घामको किरणहरुसँग गर्नु एकदमै राम्रो हुन्छ । बिहान उठेर केहीबेर घाममा बस्नाले शरीरमा भिटामिन डी पनि प्राप्त हुन्छ साथै सकारात्मक सोंचको विकास हुन्छ । घामको किरणले ह्याप्पी हर्मोनलाई बढाउने काम गर्छ । जसले गर्दा डिप्रेशनबाट बाहिर आउन सकिन्छ ।
३. बिहान छिटो उठ्ने
बिहान छिटो उठ्न पनि एकदमै जरुरी हुन्छ । किनकी बिहान छिटो उठेमा हरेक काम तपाईंको समयमै हुन्छ जसले गर्दा तनाव र हड्बडी हुँदैन । बिहान चाँडो उठ्ने गरेमा रातमा पनि समयमै निद्रा आउने गर्दछ ।
४. स्वासप्रस्वास सम्बन्धी व्यायाम
डिप्रेशनबाट बाहिर निस्कनका लागि ‘ब्रीदिंग एक्सरसाइज’ एकदमै जरुरी हुन्छ । किनकी यस्तो कसरत गर्नाले मन शान्त हुन्छ र एनर्जी बुस्ट हुन्छ । यसले दिमागी तनाव र अन्य समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।
५. बिहानको नास्ता
बिहानको नास्ता वा खाना मुख्य आहार हो । त्यसैले स्वस्थकर नास्ताबाट दिनको शुरुआत गर्नुपर्दछ । यसले दिनभर शरीरमा ऊर्जा रहिरहन्छ । सन्तुलित नास्ताको सेवन गर्नाले मधुमेह, रक्तचाप जस्ता समस्याबाट पनि बच्न सकिन्छ । त्यसैले दिनभर सकारात्मक महसुस गर्नका लागि स्वस्थ नास्ताको सेवन गर्नुपर्दछ ।