काठमाडौं। नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् ।विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङको सिफारिसमा शनिबार बसेको सचिवालय बैठकले १३ जनालाई सदस्य मनोनीत गरेको हो ।
लिलानाथ श्रेष्ठ(सिराहा),भगवती चौधरी (सुनसरी), पदम गिरी (पर्वत), विद्या भट्टराई (कास्की),ज्वाला साह (बारा), ठाकुर गैरे (पाल्पा) , बलराम अधिकारी (कपिलवस्तु) र चन्द्रबहादुर विश्वकर्मा (पश्चिम रुकुम) लाई विभागको सदस्य मनोनीत गरिएको छ ।
यस्तै सुनिता बराल (झापा) , महेश बर्तौला (मकवानपुर), तारा लामा तामाङ (कञ्चनपुर), अम्मरबहादुर रायमाझी(उदयपुर) र किरणकुमार साह (रौतहट) संसदीय विभाग सदस्य मनोनीत भएका छन् ।
यसअघि यो विभागमा राष्ट्रियसभाका देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठ सदस्य थिए ।