• जेष्ठ २७ २०८२, सोमबार

भीम रावलकाे प्रश्न, ‘डोनाल्ड लुले नेपालका नेताहरूलाई भेट्दै हिँड्नुकाे रहश्य के-हाे ?’

असार ३० २०८०, शनिबार

काठमाडौँ । एमालेका नेता डा.भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई भेट्दै एमसीसी कार्यान्वयन बारे चासो राखेकोमा रावलले आपत्ति पनि जनाएका छन् ।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनै पर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठुला दलका नेतालाई भेट्नुपर्ने किन ?’ रावलको प्रश्न छ ‘अमेरिकी सहायक मन्त्री आउँदा प्रमदेखि ठुला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ?’

सहायक विदेश मन्त्री डोनाल्डले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए ।