• जेष्ठ २७ २०८२, सोमबार

केपी ओली र अमेरिकी विदेश सहायक मन्त्रीबीच भेटवार्ता

असार २९ २०८०, शुक्रबार

काठमाडौँ । आज नेपाल भ्रमणमा आएका दक्षिण र मध्य एसिया मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा अध्यक्ष ओलीसँग शिष्टाचार भेट गर्दै सहायक विदेशमन्त्री लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना कार्यान्वयन हुँदै गरेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभागका प्रमुख भट्टराई र सचिव अन्जान शाक्य पनि सहभागी थिए । लुले शुक्रबारै प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, पररारष्टमन्त्री एनपी साउद लगायतसँग पनि भेटवार्ता गरेका छन् ।