• जेष्ठ २७ २०८२, सोमबार

बालुवाटार जग्गा काण्डका ठूला माछालाई पनि कारवाही गरियोस् : सांसद खतिवडा

असार २९ २०८०, शुक्रबार

काठमाडौं । कांग्रेस सांसद रामहरि खतिवडाले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा सरकारले जग्गा किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाएका छन् ।

किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उनको माग छ ।

‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई मात्रै सरकारले ध्यान दिएको देखिन्छ’, शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने ।

ललितानिवास जग्गा प्रकरणका ठूला माछाहरु पनि कारबाहीमा पर्नुपर्ने उनको माग छ । ‘त्यहाँका ठूला माछाहरुलाई कारबाही होस् । व्यापारीहरुलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन । सरकारको राजश्व तिरेर किन्ने तिनीहरुलाई कारबाही गर्ने व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मुलहरु को हुन् ? तिनीहरुलाई कारबाही व्यवस्था गरोस् ।’