काठमाडौं । प्रहरी प्रधान कार्यालयले २०७७ सालदेखि यो असार २२ गतेसम्म बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने २०८ कर्मचारीलाई कारबाही गरेको छ ।
प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार २०७७/७८ मा ८२ जना, २०७८/७९ मा ३० जना र २०७९/८० मा ९६ जना प्रहरी कारबाहीमा परेका हुन् ।
२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो । तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग नरोकिएपछि हेडक्वार्टरले कारबाही थालेको हो ।