• जेष्ठ १० २०८३, आईतवार

अस्पतालको फार्मेसी इन्चार्ज मृत फेला

असार २९ २०८०, शुक्रबार

काठमाडौँ। राजधानीको त्रिवि शिक्षण अस्पतालसँगैको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् ।

आज शुक्रबार बिहान अस्पतालको फार्मेसी इन्चार्ज अमृत पोखरेल मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परीसर काठमाडौँका एक अधिकृतले स्टोर रुपमा पोखरेल मृतावस्थामा फेला परेको जानकारी दिए ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको उनको भनाइ छ । घटनास्थलमा दुई पेज लामो सुसाइड नोट बरामद भएको प्रहरीले जनाएको छ।