• जेष्ठ २६ २०८२, आईतवार

आज बिहानै दासढुङ्गामा बस दुर्घटना, १९ जना घाइते

असार २९ २०८०, शुक्रबार

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

शुक्रबार बिहान करिब ५ बजेतिर काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएको थियो ।

बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। घाइतेहरूका पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यलयबाट २५ जनाको उद्धार सहितको टोली खटिएको छ ।