• जेष्ठ १० २०८३, आईतवार

बेलौरीमा बाघको आक्रमणबाट एक महिला घाइते

असार २९ २०८०, शुक्रबार

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।

बिहीबार साझँ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी दिएका छन्। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

डगौंरालगायत १०-१२ महिलाको समुह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौँरामाथि आक्रमण गरेको हो ।