• जेष्ठ १० २०८३, आईतवार

हुम्लाको कालिका केन्द्रबिन्दु भएर ४.६ को भुकम्प

असार २८ २०८०, बिहीबार

काठमाडौं । हुम्लाको कालिका क्षेत्र आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प रेकर्ड भएको छ।

गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रबीसे आसपास केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो। २०७२ सालको वैशाखमा गोरखालाई केन्द्रविन्दु बनाएको भूकम्पले ठूलो क्षति गरेको थियो।