• मंसिर १३ २०८१, बिहीबार

दरबन्दी अनुसार डाक्टरहरु व्यवस्थापन गर्दा धम्की आयो : स्वास्थ्य मन्त्री बस्नेत

असार २८ २०८०, बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धम्की आएको बताएका छन् ।

डाक्टरहरू व्यवस्थापन गर्दा धेरै धम्की आउन थालेको मन्त्री बस्नेतको भनाइ छ । सांसदहरूले उठाएका प्रश्नको राष्ट्रिय सभामा बुधबार जवाफ दिँदै मन्त्री बस्नेतले दरबन्दी बाहिरी जिल्लामा भएका तर काजमा स्वास्थ्य मन्त्रालयमा बस्न खोज्ने डाक्टरहरूको व्यवस्थापन गर्न जोखिम रहेको बताए ।

‘दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको छ,’ उनले भने, ‘अहिलेसम्म मलाई धम्की आउन सकेको छैन । दरबन्दीअनुसार डाक्टर व्यवस्थापन गर्ने काम पार लगाएरै छाड्छु ।’

उनका अनुसार ८ सय डाक्टर यसअघिका मन्त्रीका पालामा काजमा मन्त्रालयमा बसेको पाइएको पनि बताए । यी डाक्टरहरूलाई दरबन्दी अनुसार व्यवस्थापन गरिने उनले बताए ।