• मंसिर १३ २०८१, बिहीबार

आँखामुनि कालो घेरा किन बस्छ?

असार २८ २०८०, बिहीबार

कतिपयको आँखामा कालो धब्बा र घेरा बस्छ । आँखामुनि कालो हुनुको कारण हामी निन्द्रा नपुगेको बुज्ने गर्छौ तर विभिन्न भिटामिनहरुको कमिले गर्दा त्यस्तो दाग बस्ने गर्छ । आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलका कारण केही महिला आफू नराम्री नभएको महसुस गर्छन् । विभिन्न कारण र खानेकुराको कमीले आँखामुनि कालो घेरा बस्छ ।

आँखामा डार्क सर्कल छ भने यी घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

– चियापत्तिलाई केहीबेर सफा पानीमा उमाल्ने । सेलाएपछि चियापत्तीको छोक्रालाई बोतलमा हालेर फ्रिजमा राख्ने । यसलाई कपासमा राखेर १५ मिनेट डार्क सर्कल भएको ठाउमा राख्ने ।

– आलुको रसलाई डार्क सर्कल भएको भागमा लगाउने । १५ मिनेट पछि मुख धुने ।

– चिसो दूध कपासमा झिजाएर आइ प्याकको रुपमा आँखामाथि राख्ने ।

– बदामको तेल र भिटामीन इ क्याप्सुल फिटेर डार्क सर्कल भएको ठाउँमा मालिस गर्ने ।

– मह र कागतीको रसको लेप लगाउने । १५ मिनेटपछि मुख धुने । यी कुनैपनि एक घरेलु विधि हरेक दिन प्रयोग गर्दा डार्क सर्कल हटाउन मद्दत मिल्नेछ ।

– हरियो काक्रो गोलोगरी काटेर आँखामाथी राख्ने ।