• जेष्ठ २६ २०८२, आईतवार

ललिता निवास प्रकरण : सञ्चार सचिव राउतलाई हिरासत मुक्त गर्न माग गर्दै मुद्दा दर्ता

असार २७ २०८०, बुधबार

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ ।

राउतका वकिल टीकाराम भट्टराईका अनुसार उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि बिहीबारलाई पेशी राखिएको छ ।

राउत असार २४ गते काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर उड्नै लाग्दा पक्राउ परेका थिए । सरकारी कागजात कीर्तेसहित संगठित अपराधको कसूरमा उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।