• जेष्ठ २६ २०८२, आईतवार

कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा

असार २७ २०८०, बुधबार

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेसी तोकिएको छ ।

गत शुक्रबार दर्ता भएको उक्त रिट निवेदनमा चौथो पटक पेसी तोकिएको हो । यद्यपि, आइतबार, सोमबार र मंगलबार पेसी तोकिए पनि यो रिट निवेदनमा सुनुवाइ हुन सकेन । लगातार तीन दिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको यो रिट निवेदन बुधबार चौथो दिन पेसीमा चढेको छ ।