• जेष्ठ २६ २०८२, आईतवार

कागेश्वरी-मनोहराका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष पक्राउ

असार २६ २०८०, मंगलवार

काठमाडौं । काठमाडौंको कागेश्वरी-मनोहरा नगरपालिकामा १६ हजार रुपैयाँ घुससहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ परेका छन् ।

मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कागेश्वरी-मनोहरा नगरपालिका-१, गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदालिँदै पक्राउ गरेको हो ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार शिक्षक छनोटका क्रममा शिक्षकबाट घुस लिँदै गर्दा अध्यक्ष र प्रधानाध्यापकलाई गागलफेदी बसपार्कस्थित गोरखकाली मल्टिसपबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलियाले बताए ।