• जेष्ठ २६ २०८२, आईतवार

यि हुन् मनाङ एयरको हेलिकप्टरमा सबार भएका ५ मेक्सिकन नागरिक

असार २६ २०८०, मंगलवार

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेपछि बेपत्ता मनाङ एयरको हेलिकोप्टरमा एकजना नेपाली पाइलटसहित ५ मेक्सिकन नागरिक रहेका पुष्टि भएको छ। सो हेलिकप्टर दुर्घटनाग्रस्त अबस्थामा भेटिएको छ ।

सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना लामाजुरा डाँडास्थित एउटा रुखमा ठोकिएर उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भेटिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले बताए।

सोलुखुम्बुको सुर्के हेलिप्याडबाट बिहान १० बजेर १२ मिनेटमा उडेर काठमाडौं आउँदै गएको हेलिकोप्टर दूधकुण्ड नगरपालिका र लिखु पिके गाउँपालिकाको सीमास्थित लामाजुरा क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको थियो ।