• जेष्ठ २६ २०८२, आईतवार

मनाङ एयरको हेलिकप्टर दुधकुण्डको लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का

असार २६ २०८०, मंगलवार

काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ स्थित लामाजुरा डाँडामा दुर्घटना भएको आशङ्का गरिएको छ । लामाजुरा डाँडामा हेलिकप्टर दुर्घटना भएको सूचनाको आधारमा त्यसतर्फ प्रहरी परिचालन गरिएको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले बताएका हुन् ।

मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको छ । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।

हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको ठाउँ प्रहरी चौकीबाट साढे २ घण्टाको दुरीमा रहेको छ । जिल्ला सदरमुकामबाट पनि प्रहरी टोली घटनास्थल तर्फ लागेको डीआईजी बास्तोलाले जानकारी दिए । सदरमुकामबाट लामाजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।