• बैशाख २४ २०८३, बिहीबार

नेपालमा युरोप र अमेरिकाको चासो बढेको छ : पूर्वमन्त्री नारायण खड्का

असार २५ २०८०, सोमबार

काठमाडौँ । पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले देशको राजनीति परिस्थिति सुदृढ नभइ परराष्ट्र नीति बलियो हुन नसक्ने बताएका छन् । सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले देशको राजनीति स्थायी नभएसम्म परराष्ट्र सम्बन्ध बलियो हुन नसक्ने बताए ।

सांसद खड्काले राष्ट्रिय एकताको रुपमा परराष्ट्र नीतिहरु अघि बढाउन जरुरी रहेको बताए । उनले पररराष्ट्र मन्त्रालयले प्रत्येक दुई हप्तामा परराष्ट्र सम्बन्धित गतिविधिलाई जानकारी गराउनुपर्ने बताए ।

उनले नेपालमा युरोप र अमरिकाको चासो बढिरहेको बताए । सांसद खड्काले छिमेकी देशहरु चीन र भारतसँग सम्बन्ध नबिगारीकन अन्य देशहरुसँगको सम्बन्ध बिस्तार गर्नुपर्ने बताए ।