काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रितम सिंहबारे गत असार १८ गते आफूले भावना बगेर बोल्न पुगेको बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरुले उठाएका प्रश्नको उत्तर दिदैँ सरदारदर प्रितम सिंह कुनै शक्तिकेन्द्र पनि नभएको र प्रधानमन्त्री बनाउने हैषियतमा उनी नभएको जवाफ दिए ।
‘सरदादर प्रितम सिंहले मलाई प्रधानमन्त्री बनाउन सक्ने अवस्था थिएन, उहाँले त्यो हैसियत पनि राख्नु सक्नु हुन्न’, उनले भने, ‘तर नेपालको यो राजनीतिक परिवर्तन ल्याउन तपाईंले भूमिका खेलेकाले मैले त दिल्ली र नेपालका पार्टीसँग पनि कुरा गरेको छु भनेर उहाँले २०६८/६९ मा भन्नु भएको थियो।’
उनले तत्कालीन अवस्थामा क्यान्सरपीडित छोरी ज्ञानुको उपचारका क्रममा प्रितम सिंहकै दिल्लीस्थित घरमा बसेको पनि बताए।