• जेष्ठ २६ २०८२, आईतवार

पार्किङ सुविधाको माग गर्दै कानुन व्यवसायी आन्दोलित

असार २५ २०८०, सोमबार

काठमाडौं । काठमाडौं जिल्ला अदालतभित्र सवारी साधन पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरु आन्दोलित भएका छन्।

बबरमहलस्थित काठमाडौं जिल्ला अदालत परिसरभित्र काम विशेषले आउने कानुन व्यवसायी र सेवाग्राहीहरुलाई पार्किङ गर्न नदिइएको भन्दै कानुन व्यवसायीहरु आन्दोलित भएका हुन्।

कानुन व्यवसायीले अदालत प्रशासनलाई आम सर्वसाधारणका लागि पार्किङको व्यवस्था गर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन्।