• जेष्ठ २६ २०८२, आईतवार

बैतडीमा बस दुर्घटना, एकको मृत्यु १६ घाइते

असार २५ २०८०, सोमबार

धनगढी । बैतडीमा बस दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । मेलौली नगरपालिका-७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउँदै गरेको लु२ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका योगेश खत्रीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको पुष्टि गरे ।

उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ भने १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ ।

उनीहरूको अवस्था गम्भीर रहेको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन । बस सडकबाट करिब चार सय मिटर तल खसेको छ ।