काठमाडौँ। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र परेका संरचना हटाउन थालेको छ ।
पोखरा महानगरपालिकाले डोजर लगाएर सोमबारदेखि ती संरचना हटाउन सुरु गरेको छ ।एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगरका मेयर धनराज आचार्यले जानकारी दिए । स्थायीअस्थायी गरेर ६० भन्दा संरचनामा डोजर चलाउन लागेको आचार्यले बताएका हुन् ।
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तार गरेर ४ लेन बनाउन लागिएको हो ।विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले जनाएको छ ।