• जेष्ठ २६ २०८२, आईतवार

भारतीय नागरिक रह‍ेको आरोप लागेकी डाक्नेश्वरीकी उपप्रमुखलाई थप ५ दिन थुनामा राखिने

असार २४ २०८०, आईतवार

काठमाडौं । सप्तरी जिल्ला अदालतले किर्ते गरी नागरिकता लिएको मुद्दामा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादवलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

उपप्रमुख मिरा र उनका श्रीमान् महेन्द्रकुमार यादवले भारतीय नागरिक रहेको आरोप लागेका छन् । उनीहरूले किर्ते कागजात पेस गरेर नेपाली नागरिकता लिएको निवेदकको दाबी छ ।

उनका श्रीमान् महेन्द्र अझै फरार छन् ।  यअसअघी गत बिहीबार सप्तरी अदालतले उपमेयर यादवलाई तीन दिन थुनामा राख्न अनुमति दिएको थियो ।