• जेष्ठ २६ २०८२, आईतवार

गृहमन्त्री श्रेष्ठ र प्रमुख बालेन शाहबीच भेटवार्ता

असार २४ २०८०, आईतवार

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । भेटका क्रममा देश र जनताका मुद्दाहरूमा महत्त्वपूणर् छलफल भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत् जनाएका छन् ।

‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दाहरूमा  महत्त्वपूर्ण   छलफल भयो’, श्रेष्ठले भनेका छन् ।

सो क्रममा बालेनका टिमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी रहेको जानकारी दिँदै श्रेष्ठले छलफललाई निरन्तरता दिने समझदारी आफूहरुबीच बनेको बताएका छन् । श्रेष्ठले देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने आफूहरुको समान सोच रहेको बताएका छन् ।