काठमाडौँ । आजदेखि संसदको गतिरोध अन्त्य भएको छ । आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल कमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गरेपछि संसद् अवरोध खुल्ने भएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख रमेश लेखकले तीन नेताको छलफलपछि संसदको गतिरोध अन्त्य भएको बताए । उनले भने, ‘आज तीन बजे बैठक बस्छ । प्रधानमन्त्रीजीले आफ्नो धारणा राख्नु हुन्छ,’ उनले भने । प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद अवरुद्ध गर्दै आएको थियो ।
प्रधानमन्त्री दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको थियो । बैठकपछि एमाले अध्यक्ष ओलीले भने सञ्चारकर्मीहरुसँग ‘भरे देख्नुहुन्छ’ भन्ने छोटो प्रतिक्रिया दिएका थिए ।