काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध नेकपा एमालेले दायर गरेको मुद्दाको सुनुवाइ आइतबार नहुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेशी तोकिए पनि हेर्न नभ्याइनेमा परेको हो।
न्यायाधीश भट्टराईले कुमार रेग्मीसँगको अर्को इजलासमा पनि बस्नुपर्ने भएपछि पेसी तोकिएर पनि एकल इजलास नबस्ने भएको हो।
त्यहीकारण आइतबारका लागि एकल इजलासमा पेसी तोकिएका मुद्दा हेर्न नभ्याइने जानकारी न्यायाधीश भट्टराईले दिएका हुन्।