काठमाडौँ। संसद्को अवरोध खुलाउने विषयमा प्रमुख दलबीच सहमति जुटेको छ।आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) बीच सिंहदरबारमा छलफल भएको थियो।
छलफलपछि एमाले संसद्को अवरोध हटाउन तयार रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।‘एमाले अवरोध हटाउन तयार भएको छ। प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुहुन्छ,’ सचिवालयले भन्यो।
असार १८ गतेको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्दोलित थिए। रास्वपाले प्रधानमन्त्रीको जवाफ मागेको थियो भने राप्रपाको माग राजीनामा नै थियो।
अहिले सभामुख देवराज घिमिरेर प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्ने उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।