• जेष्ठ २६ २०८२, आईतवार

प्रधानमन्त्रीको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो

असार २४ २०८०, आईतवार

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारिएको छ । यससँगै प्रतिनिधिसभा बैठक दिउँसो ३ बजे बस्ने भएको छ ।

शीर्ष नेताहरुबीच छलफल भइरहेको समयमा प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई फोन गर्दै बैठक दुई घण्टा परा सार्न आग्रह गरेका थिए । सो क्रममा सभामुख घिमिरेले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न सकोस् भनी शुभकामना समेत दिएका थिए ।

अवरुद्ध सदन खुलाउने विषयमा प्रधानमन्त्री प्रचडसहित कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ ।