• जेष्ठ २६ २०८२, आईतवार

राष्ट्रिय सभाको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

असार २४ २०८०, आईतवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक स्थगित भएको छ ।

गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि सोमबार बिहान ११ बजेर १ मिनेटसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

उनले सत्तापक्ष दल र प्रतिपक्ष दलबीच छलफल गरेर संसद् सुचारु गर्ने विषयमा सहमति गर्न आग्रह गरेका छन् ।