• फाल्गुन २६ २०८२, मंगलवार

सुडान हवाई आक्रमणमा २२ जनाको मृत्यु

असार २४ २०८०, आईतवार

सुडान । सुडानमा जारी द्वन्द्वका कारण भएको हवाई आक्रमणमा २२ जना मारिएका छन् । समाचार एजेन्सी एसोसिएटेड प्रेस ९एपी० ले स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

एपीकाअनुसार राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा हवाई आक्रमण भएको हो । देशमा जारी द्वन्द्वकाबीच राजधानी नजिकै भएको यो सबैभन्दा घातक हमला हो।

प्रत्यक्षदर्शीसँग कुरा गर्दै बीबीसीले ज्यान गुमाउनेमा महिला र बालबालिका पनि रहेको बताए । उही समयमा र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ० ले ज्यान गुमाउनेको संख्या ३१ रहेको बताएको छ।

समाचार अनुसार सुडानमा देशको सेना र अर्धसैनिक बल ९र्‍यापिड सपोर्ट फोर्स० बीच विगत केही दिनदेखि घातक द्वन्द्व चलिरहेको छ, जसमा मानिसहरूले लगातार ज्यान गुमाइरहेका छन्।

सुडानको राजधानी खार्तुम र ओमदुरमानमा आरएसएफको नियन्त्रण छ। १२ साताभन्दा लामो समयदेखि जारी आन्दोलनका कारण जनताले धेरै समस्या भोग्दै आएका छन् ।

पसल, बजार र औषधि पसल पनि दिनको अधिकांश समय बन्द रहन्छन् । बीबीसीको एक रिपोर्ट अनुसार देशमा द्वन्द्वका कारण ३० लाख मानिसले आफ्नो घरबार छोड्नु परेको छ ।