• जेष्ठ २६ २०८२, आईतवार

समाजवादी मोर्चाको पहिलो बैठक जारी

असार २३ २०८०, शनिबार

काठमाडौँ । समाजवादी मोर्चाको पहिलो बैठक जारी छ। बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा मोर्चा घोषणा भएको २० दिनपछि शनिबार अपराह्न ४ बजे बसेको हो।

बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने उनले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्द विप्लव लगायत नेताहरू सहभागी छन‍्।

नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा भएको थियो।