काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ । बिहीबार आर्थिक वर्ष २०८०/०८१ को बजेट पास गर्न बोलाइएको नगरसभा स्थगित भएको काठमाडौं महानगरपालिकाका विभागीय प्रमुख एवम् सहप्रवक्ता दीपक अधिकारीले जानकारी दिए ।
उनका अनुसार वडालाई वडाको योजना छनोटका लागि थप समय चाहिएको हुँदा आजको सभा स्थगित भएको हो ।
‘केन्द्रबाट नपरेको कार्यक्रममा मात्रै वडाले बजेट नीति तथा कार्यक्रम तयार पार्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैका लागि समय अपुग हुँदा सभा स्थगित भएको हो ।’
आगामी नगरसभा २८ गते बोलाइएको उनले बताए । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले असार १० गते २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेश गरेकी थिइन् ।